अधिवक्ता शम्भु थापाको व्यङ्ग्य : श्रीमान मेरो कुरा र संविधान उही हुन्, प्रधानमन्त्रीसँग पो अर्को संविधान छ !



काठमाडौं । बरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्को संविधान रहेको भन्दै व्यंग्य गरेका छन् ।

प्रतिनिधि सभा विघटन मुद्दामा संवैधानिक इजलासमा सोमबार बहस सुरु गर्दै थापाले अहिलेको संविधानअनुसार त संसद विघटन गर्न नपाइने बताएका हुन् ।

थापाले बहस सुरु गर्नुअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले खाजाअघि बहस सकाउनु हुन्छ भनेर सोधेका थिए । उनले त्यतिमा नसकिएला भन्दै बहस सुरु गरे ।

संविधानले लिबर्टी भत्कियो भने के हुन्छ ? अहिले हामी त्यही अवस्थामा छौं, उनले भने व्याख्या अदालतको हो विश्वासचाहिँ आत्माको । बहस सुरु गर्दै उनले भने म सकभर गफ गर्दिनँ श्रीमान । कुरा उनै हुन् संविधान उही हो । प्रधानमन्त्रीसँग पो अर्को संविधान छ !

उनले संसद विघटन के हो, संविधानले कस्तो अवस्थामा विघटन गर्न मिल्ने भनेको छ र प्रधानमन्त्रीको लिखित जवाफले कस्तो प्रश्न उठाएको छ भन्नेबारे बहस गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्