प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा पेस



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा पेस भएको छ । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले २०७७ माघ ९ गते कार्की व्याङ्केटमा दिएको अभिव्यक्तिविरुद्ध मुद्दा हालेका हुन् ।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन भन्ने टिप्पणी गरेका थिए ।

अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो ।

‘खड्ग प्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छ’ निवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्