
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जागिर खाना चाहनेहरुले संसद लम्ब्याउन खोजेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने खेल हुन लागेको उनले आरोप लगाए ।
स्थिरता हुन नदिने र बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउन खोजियो, उनले भने संसदमा ५ वर्ष जागिर खान पाउनुपर्छ भन्ने ? सांसद भनेको जागिर हो ? पाँच वर्ष जागिर खान पाउनुपर्छ भन्ने उनीहरुको तर्क छ ।
संसद जागिर खाने थलो नभएको प्रधानमन्त्री ओलीले बताए ।





