कमल थापाले भने : हामी चुनावमा जान तयार छौं



चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले र्सोच्च अदालतले संसद विघटन सदर गरे आफूहरु चुनावमा जान तयार भएको बताएका छन् ।

पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्न चितवन आएका अध्यक्ष थापाले संसद विघटन आफूहरुको माग र प्रस्ताव नभए पनि सरकारले गरेको संसद विघटन अदालतले सदर गरे पार्टी चुनावमा जाने बताए ।

सर्वोच्च अदालतमा विचाराधिन मुद्धालाई प्रभावित गर्ने गरी कुनै पनि दल वा नेता विषेशले अभिव्यक्ति दिन नहुने थापाले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्