प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँज गर्न अदालतमा निवेदन



काठमाडौं । प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँज गर्न माग गर्दै अदालतमा निवेदन परेको छ ।

नेकपा प्रचण्ड–माधव समूहका नेताहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ लगायतले संवैधानिक इजलासमा निवेदन दिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । तर त्यसको सूचना राजपत्रमा प्रकाशित भएन ।

यसबारे वकिलहरुले प्रश्न उठाएपछि संसद विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासले राजपत्र पेश गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्