अदालतमा राजपत्रबारे प्रश्न उठाउँदा प्रधानन्यायाधीश जबराले रोके



काठमाडौं । अदालतमा प्रश्न उठेपछि सरकारले संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोकेका छन् ।

संवैधानिक इजलासमा वकिलहरुले अहिलेम्म प्रतिनिधिसभा विघटनको सूचना प्रकाशित नभएको विषय उठाएका थिए । त्यसको भोलिपल्ट ५ पुसको मितिम राजपत्र प्रकाशित गरेर इजलासमा पेश गरिएको थियो ।

आइतबार इजलासमा सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले यसबारे प्रश्न उठाएका थिए । राजपत्रमा प्रकाशित गर्ने प्रक्रिया हुन्छ भन्दै उनले बोल्दा प्रधानन्यायाधीशले तपाईको निवेदन यहीँ राखेका छौं । अहिले यो विषय प्रवेश नगरौं भनेर रोकेका छन् ।

श्रेष्ठले दुई मिनेटभन्दा समय लिन्न भनेका थिए । तर जबराले भने जे कुराको पनि ड्यु प्रोसेस हुन्छ । तपाईले कुरा राखेपछि अर्को पक्षलाई पनि जवाफ दिन दिनुपर्ने हुन्छ । त्यसैले अहिले नगरौं ।

प्रतिक्रिया दिनुहोस्