‘चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउँछ’ : बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमा पहिरो गएको बताएका छन् । उनले आज सामाजिक सञ्जालमा ट्विट गर्दै पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउने बताएका हुन् ।

यस्तै, भट्टराईले चुनावमा जाँदा बिपीले खाएको धोका पनि नबिर्सन भन्दै स्मरण गराएका छन् । उनले ट्विटमा लेखेका छन्, ओली प्रतिगमनले संविधानरुपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ । पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउनेछ । २०१४ सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाँदा बिपीले खाएको धोका नबिर्सौं ! २०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं !

प्रतिक्रिया दिनुहोस्