११ वर्षीया बालिका बलात्कृत, बुवाका आफ्नै साथी पक्राउ



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज १ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।

मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप र्ने तयारी प्रहरीले गरिरहेको छ । बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए ।

घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अुनसन्धान सुरु गरिसकेको जिल्ला प्रहरीले कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी मनोजीत कुँबरले जानकारी दिए ।

बालिका बुवा र नेहाल साथी हुन् । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए । सोहि क्रममा शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्