प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।

आज मध्यान्ह १२ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार मध्यान्ह १२ बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्नेछ ।

श्रेष्ठले शनिबार पदाधिकारीहरु अनौपचारिक रुपमा छलफलमा जुटेको पनि बताए । आज बस्ने स्थाय कमिटीका एजेन्डाबारे उक्त बैठकमा छलफल भएको थियो ।

प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलार्य स्पष्टिकरण सोधेको थियो । ओलीले जवाफ भने दिइसकेका छैनन् ।

प्रचण्ड-नेपाल पक्षले यसअघि ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । स्पष्टिकरण नदिएमा पार्टीको साधारण सदस्य हटाउने निर्णय स्थायी कमिटीले गर्ने एक नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्