नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवा: फागुन ७ मा हुने



नेवार समुदायको कला, धर्म, संस्कृति, भाषा र भेष चिनाउने तथा यसको पहिचानलाई जीवन्त राख्ने अभियान अन्तर्गत नेप्लीज फेसन होमले आयोजना गर्दै आएको मिस नेवा: को १५ औँ संस्करण आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

अहिले प्रतियोगीहरुको व्यस्तता आयोजकको तर्फबाट प्रदान गरिँदै आएको विभिन्न तालिम, प्रशिक्षण र भ्रमणका कारण बढ्दै गएको हो । यसै क्रममा १५ औं संस्करणको मिस नेवाः नेपाल ११४१ का प्रतियोगीहरुले विश्व शान्तिको कामना गर्दै राजधानीको महाँकाल र संकटा मन्दिरमा लाख बत्ती बालेका छन्। शनिवार यही कामना गर्दै नेवार सुन्दरीहरुले संकटा मन्दिरमा पूजाआजा पनि गरेका छन्।


मिस नेवाः नेपालको आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवार सुन्दरीहरुलाई कला, धर्म, संस्कृति, भाषा र भेषबारे ज्ञान अभिबृद्धी गराउने क्रममा हरेक वर्ष विश्व शान्तिको कामना गर्दै मन्दिरमा लगेर लाख बत्ती बाली पूजा आजा गराउने क्रममा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको हो।
यस वर्षको मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दैछन् । नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्