बहुविवाह गरेर फरार वडासदस्य १२ बर्षपछि पक्राउ



बहुविवाह गरेर फसेपछि फरार भएकी वडासदस्य सहित २ जनालाई प्रहरीले १२ बर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १२ की वडासदस्य उसिला सिंह पोडे र रामेश्वर पोडे छन् ।

२०६५ सालको असारमा बहुविवाहको मुद्धामा जिल्ला अदालत काठमाडौँले यी दुईलाई जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो । प्रहरीले जानकारी दिए अनुसार उसिलालाई १ बर्षको कैद र ५ सय जरिवाना र रामशरणलाई ११ महिना कैद र ५ हजार जरिवारको सजाय तोकिएको थियो ।

उनीहरुलाई जिल्ला अदालत काठमाडौँको आदेशले सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्