‘वकिलहरु संविधानको विषयमा व्यवसायिक धर्म भनेर भाग्न मिल्दैन’ : योगश भट्टराई



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकलिहरु व्यवसायिकता भनेर विचारबाट भाग्न गलत भएको बताएका छन् ।

आज माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै भट्टराईले वकिलहरु कुनै विषउको मुद्धामा लड्न स्वतन्त्र भएपनि संविधानको विषयमा व्यवसायिक धर्म भनी जान नमिल्ने धारणा व्यक्त गरका छन् ।

त्यसका साथै नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकोले संविधानप्रति आफूहरुको लगाव र स्नेह रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्