‘प्रधानमन्त्री ओलीले कम्युनिष्टको नाममा धेरै घात गरे’ : नेता ज्ञवाली



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनष्टिको नाममा
कम्युनिष्टलाई नै बर्बाद पार्ने काम गरेको आरोप लगाएका छन् ।

आज बुटवलमा भएको पत्रकार सम्मेलनमार्फत उनले यो कुरा बताएका हुन् । त्यसका साथै नेता ज्ञवालीले केशरजंग रायमाझीसँग तुलना गर्दै ओलीको कदम बढी जनघाती भएको दावी गरे ।

उनले भने, कुनै बेला केशरजंग रायमाझीले पनि कम्युनिष्टको नाममा यस्तै काम गरेर सिद्धिएका थिए । ओलीको पनि सिद्धिन्छ । यस्तै उनले प्रधानमन्त्री ओलीलाई बारम्बार सच्चिने मौका दिएपछि उनले यसबारे त्यति ध्यान नदिएकाले उनलाई कारवाही नै गर्नुपरेको पनि बताए ।

शुक्रबार काठमाडौमा भएको विरोध सभा सुरुवात मात्र भएको भन्दै उनले त्यो भन्दा अझ ठूला प्रदर्शन गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्