विश्वको यस्तो देश, जहाँ १२ बर्ष पुगेपछि इच्छा नै नभएपनि बालबालिकासँग राख्ने गरिन्छ यौन सम्पर्क…



कानूनले तोकेको उमेर नपुगेका बाललिकासँग राखिएको यौन सम्बन्धलाई बलात्कार नै मानिन्छ चाहे त्यो दुवैको सहमितमा नै किन नभएको होस । नेपालको कानून अनुसार यौन सम्बन्धको लागि सहमत हुन कम्तीमा पनि १८ बर्ष पुगेको हुनुपर्छ । यदि १८ बर्षभन्दा कम उमेरमा कसैले यौन सम्बन्ध राख्छ भने त्यो बलात्कार नै ठहरिन्छ । त्यसको लागि दुवै पक्षको सहमति नै भएपनि कानूनी हिसाबले त्यो बलात्कार हो ।

हरेक देशमा यसबारे एउटै नियम छैन । केही देशहरुमा यौन सम्बन्ध राख्नको लागि २० बर्ष पुगेको हुनुपर्छ भने कतै त्यो भन्दा बढी उमेरको कानून बनाइएको छ । यो एक हिसाबले राम्रो पनि हो । किनकी १८–२० बर्ष नभइ त हाम्रो शरीरको अगं राम्रोसँग विकसित भैसकेका हुदैँनन् । जसका कारण सानो उमेरमा यौन सम्बन्ध राख्दा त्यसले स्वास्थ्यमा निकै असर पार्न सक्छ । तर फिलिपिन्समा भने १२ बर्ष उमेर पुगेपछि सहमितमै यौनसम्बन्ध राख्न पाइन्छ र यसलाई अपराध पनि मानिदैँन ।

फिलिपिन्समा यो नियमको धेरैले गलत फाइदा उठाइरहेका छन् । सानो उमेरको यौन सम्बन्धलाई अपराध नमान्दा फिलिपिन्समा सानो उमेरमा नै धेरै बालिकाहरु बलात्कारको सिकार भएका छन् भने कतिमाथि त यौन हिंसा पनि भएको छ । त्यसैले अब फिलिपिन्समा यो नियम बारे कानून परिमार्जन गर्न लागिएको छ । धेरै समयको मागपछि अब फिलिपिन्सले यौन सम्बन्धको लागि अब १६ बर्ष पुग्नैपर्ने कानून बनाउने तयारीमा छ । तर यसबारे अहिले पनि छलफल भएकाले यो खबरलाई पक्का मान्न भने सकिदैँन ।

प्रतिक्रिया दिनुहोस्