विप्लव समूहका ३ नेता कार्यकर्ता पक्राउ



विप्लव समूहका ३ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मसाल जुलुस निकाल्ने क्रममा टीकापुरबाट शुक्रबार राति ३ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा टिकापुर नगरइन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्बर विष्ट रहेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्