उपराष्ट्रपति निवासमा छलफल : प्रचण्ड र बाबुराम एक हुदैँ



केही समयअघि भएको प्रतिनिधि सभा विघटन विरुद्ध चर्को रुपमा आन्दोलन गरिरहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यष पुष्पकमल दाहाल (प्रचण्ड) र डा. बाबुराम भट्टराईबिच अब मिलेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

प्राप्त जानकारी अनुसार हिजो भृकुटी मण्डपमा आयोजना गरिएको विरोध सभा लगत्तै प्रचण्ड र डा.भट्टराईबिच उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लैनचौरमा भेटवार्ता भएको थियो ।

उपराष्ट्रपति निवासमा यी दुई नेताबिच करिब आधा घण्टा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्