आगामी निर्वाचनमा समेत नेकपाले दुईतिहाई ल्याउने डा.राजन भट्टराईको दाबी



काठमाडोैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बूढानीलकण्ठ नगर कमिटीद्धारा आयोजित नगर स्तरीय भेलामा बोल्दै पार्टी केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले आगामी बैशाखमा हुने निर्वाचनपछि पनि केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षे कार्यकालमा गरेका राष्ट्रवादी काम, विकास निर्माणका कामहरू र विकासका मुद्दाहरुको नेतृत्व गरेकोले जनताले फेरि पनि ओली नेतृत्वको नेकपालाई रोज्ने विश्वास गरे ।

कार्यक्रममा डा.भट्टराईले भने, “राष्ट्रिय परिस्थितिको कारणले तोकिएको समय भन्दा डेढवर्ष अगाडि हुन लागेको निर्वाचन आउँदो बैशाख १७ र २७ मा हुनेमा ढुक्क हुन र भ्रममा पर्नु हुँदैन ।”

नेकपा केन्द्रीय कमिटी सदस्य तथा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेलले संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने निर्णय मान्य हुने बताए । त्यसैगरी आफ्नो ४४ महिने कार्यकालमा नगरपालिकाले गरेका कामहरूबारे जानकारी गराएका थिए ।

स्वागत मन्तव्य राख्दै उपप्रमुख रमादेवी राईले जनताको बहुदलीय जनबाद(जबज)लाई आत्मसात गर्ने हामीले जनताको बिचमा जान हिच्किचाउनु हुँदैन । निडर भएर जनताको माझमा जानुपर्छ भनिन् ।

नेकपा नगरकमिटी सदस्य पुण्यराज पुडासैनीद्धारा सञ्चालित कार्यक्रमको अध्यक्षता नगर कमिटीका सचिव प्रदिप डंगोलले अबको ३/४ दिन भित्रमा वडा कमिटी सम्मको विस्तार हुने बताउँदै कार्यक्रमको अध्यक्षता गरेका थिए ।

कार्यक्रममा नेकपा केन्द्रीय कमिटीका सदस्य सुन्दर पुर्कुटी, बालिका गिरी लगायत जिल्ला कमिटी सदस्यहरु, जननिर्वाचितहरुको सहभागीता भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्