प्रचण्डले भने : केपी ओलीलाई तह लगाउन सकेनौं



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तह लगाउन नसकेको बताएका छन् ।

तीन वर्ष आफूहरुले ओलीलाई तह लगाउने कोशिस गरे पनि नसकेको प्रचण्डले बताए । आज काठमाडौंमा प्रदर्शनपछि आयोजित सभामा भने, यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं ।

प्रधानमन्त्री ओलीले पार्टी निर्णय र विधानसमेत नमानेको उनले बताएका थिए । आफूहरुले ओली प्रवृत्ति सच्याउन नसकेको उनको भनाइ थियो । ओलीलाई तह लगाउन नसकेपछि आफूहरु जनतामा आएको प्रचण्डले बताए ।

उनले अघि भने, ‘केपी ओलीलाई मात्र दोष दिएर हामी चोखैं हुन्छौं’ भन्ने लागेको छैन । अब केपी प्रवृत्ति प्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं । त्यसो गरेर फाइदा हुने रहेछ । उनले आफूहरु राष्ट्रप्रति इमान्दार रहेको र अब पनि रहने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्