प्रतिनिधि सभा विघटन मुद्दा : आजको बहस सकियो, अर्को बहस आइतबार



काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधि सभा विघटन मुद्दाको आजको बहस सकिएको छ । अर्को बहस आगामी आइतबार हुनेछ ।

आज इजलासमा प्रतिनिधि सभा विघटनको राजपत्रमा प्रकाशित सूचना पेश भएको थियो । महान्यायाधीवक्ता अग्नि खरेलले इजलासमा सूचना पेश गरेका थिए । यसअघि बिहीबार संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना आज पेश गर्नु भनेको थियो ।

सोही अनुरुप आज सूचना पेश भएको हो । बुधबारदेखि बहसका लागि ३० मिनेटको समय तोकिदिएको थियो ।

यसअघि इजलासमा वकिललाई बहसको समय तोकिएको थिएन । एउटै वकिलले घण्टौं बहस गर्न थालेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए तर समय तोकेका थिएनन् ।

संवैधानिक इजलासमा गत आइतबारदेखि प्रतिनिधि सभा विघटनका मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्