‘ओली कम्युनिष्ट पार्टीका भगौडा हुन्’ : झलनाथ खनाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल पक्षका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जबसम्म घुँडा टेक्दैनन् त्यसबेलासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

ओलीले असंवैधानिक तरिकाले पुस ७ मा प्रतिनिधि सभा विघटन गरेकोले जनता आन्दोलनमा उत्रिएको उनको भनाइ थियो ।

प्रतिनिधि सभा विघटनविरुद्ध आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै खनालले ओलीलाई पार्टी अध्यक्षबाट हटाइसकिएको र पार्टीबाट निष्कासन गर्ने तयारी रहेको बताए ।

केपी ओलीलाई पार्टीबाट हामीले निष्कासन गरेका छौं । अब उहाँ कमरेड रहनुभएन, उनले भने, ओली कम्युनिष्ट पार्टीका भगौडा हुन् । ओलीले सानो गुट बनाएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्