
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली पराजित हुनुको विकल्प नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै भुसालले ओलीसँग अब साइबर सेना भनिने साइबर स्याल र सेटिङ मात्र बाँकी रहेको दाबी गरे । उनले अघि भने, यो अदालत तपाईको सेटिङका कारण डराएर तपाईको पक्षमा फैसला गर्छ भन्ने लागेको छ भने तपाई गलत हुनुहुन्छ ।
सेटिङले जसुुसी उपान्यासमा मात्र काम गर्ने भन्दै उनले आफूहरुको आन्दोलनले ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिने बताए ।





