माघ १९ गते डोरमणि पौडेल विरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने



काठमाडौं । बागमती प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका ४५जना सांसदले मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अविश्वास प्रस्ताव प्रस्तुत गर्न पहिलो हस्ताक्षरकर्ताका रुपमा सांसद अरुणप्रसाद नेपाललाई अनुमति दिएका छन् ।

सांसद नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीे भनेजस्तो प्रदेश केन्द्रको प्रशासनिक इकाई नभएको बताएका थिए ।

पुस ९ गते अष्टलक्ष्मी शाक्यलाई आफूहरुले संसदीय दलको नेता चयन गरेको उनले बताएका छन् । उनले मुख्यमन्त्री पौडेललाई पदमुक्त गरी मुख्यमन्त्रीमा शाक्यलाई प्रस्ताव गरेका छन् ।

यसपछि सभामुख श्रेष्ठले माघ १९ गते दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा अविश्वास प्रस्तावबारे छलफल हुने भन्दै बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्