संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहको काठमाडौंमा शक्ति प्रदर्शन



काठमाडौं । संसद विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड-माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । विरोधसभामा एक लाख बढी कार्यकर्ता उतार्ने सो समुहले दाबी गरेको छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेवर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो । विभिन्न स्थानबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत भएको छ । सो मुल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छ ।

जुलुसमा सहभागीहरुलाई पार्टीले नारामात्र लगाउन निर्देशन दिइएको छ । प्रचण्ड-माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलत जारी रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्