लोकतन्त्रको मूल्य र मान्यता नमान्ने ओलीलाई देश र पार्टीको नेतृत्व गर्ने अधिकार छैन : माधव नेपाल



सुर्खेत । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग जनताको बहुदलीय जनवाद (जबज) सँगको कुनै पनि साइनो नभएको बताएका छन् ।

प्रेस संगठन नेपाल कर्णाली प्रदेशले शुक्रबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले लोकतन्त्रको मूल्य मान्यतालाई कुल्चिने मान्छे कसरी जबजको पक्षधर हुन्छ ? भन्दै प्रश्न गरे ।

उहाँले जनताको बहुदलीय जनवाद कहिले मान्नुभयो ? जबजको कुरा अहिले गर्नुहुन्छ । पार्टी एकताको बेला जबज सिन्द्धान्त आफैं नमान्ने भनेर हस्ताक्षर उहाँलै नै गरेको हैन ? अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्नेलाई देश र पार्टीको नेतृत्व गर्ने अधिकार नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्