
बुटवल । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् ।
प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासन बन्ने ओलीको ‘माइन्ड सेट’ का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुनस्र्थापना नभई चुनाव हुन नसक्ने दावी गरे ।
संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ गरेर ओलीले संसद विघटन गरेको भट्टराईको विश्लेषण छ ।
असंवैधानिक तरिकाले गरिएको संसद विघटन मुलुक दुर्घटनामा धकेलिएको र देशमा विदेशी हस्तक्षेप बढ्ने खतरा ओंल्याउँदै भट्टराईले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेर दुर्घटनाबाट बचाउनुपर्ने बताए ।





