जनकनन्दनीका वडा अध्यक्षको निधन



काठमाडौं । धनुषामा एक जना वडा अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो ।

५५ वर्षीय पाठक अकस्मान बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर निधन भएको गाउँपालिकाका उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।

निधन भएका वडा अध्यक्ष पाठकलाई यसअघि आरडिटी पोजेटिभ देखिएपछि गत चैतको अन्तिम साता गाउँकै क्वारेन्टिनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्