पोखरामा संसद विघटनविरुद्ध कालोबेलुन उडाएर प्रदर्शन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध पोखरामा कालो बेलुन उडाएर प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम प्रतिगामि भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूह निकट युवा संगठन राष्ट्रिय युवा संघले चिप्लेढुंगामा कालो बेलुन उडाएर विरोध प्रदर्शन गरको हो ।

राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष भोजराज पौडेलको नेतृत्वमा पुगेको टोलीले संसद विघटन गर्न पाईदैंन, निरंकुहता चाहिँदैन, बयलगाढा चढेर गणतन्त्र आएको होइन , नारा लेखिएको व्यानर टाँसेर कालो बेलुनको झुप्पा आकासतर्फ उडाएको थियो । बेलुन उडाउनु अघि सहभागि युवाहरुले नारावाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्