मुगुमा शिक्षकमाथि दाउरा प्रहार, टाउकोमा लाग्यो गहिरो चोट…



मुगुमा एक शिक्षकमाथि दाउरा प्रहार हुदाँ उनी घाइते भएका छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं.७ घुईर गाउँ घर भई मुर्मा गाउँमा रहेको विद्यालयमा कार्यरत २९ बर्षीय पदम रावललाई सोहि गाउँका ३४ बर्षीय ऐनबहादुर बंमले दाउरा प्रहार गरी गम्भिर घाईते बनाएका हुन् ।

प्राप्त जानकारी अनुसार रारा तालको छेउमा रहेको डाँफे होटलमा मगंलबार मदिरा सेवन गरेर एक आपसमा झगडा हुदाँ बंमले दाउरा प्रहार गर्दा शिक्षक रावल घाइते भएका हुन् ।

यतिबेला शिक्षक रावलको जिल्ला अस्पताल मुगुमा उपचार भैरहेको छ । झगडाका बारेमा थप अनुसन्धान भएको प्रहरीले जनाएको छ । घाइते रावलको टाउको गहिरो चोट लागेको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्