केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्छौं : माधव नेपाल



सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् ।

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् ।

केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए, नेपालले भने, आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गछौं ।

उनले थपे, तीनदिन अगाडी बालुवाटारमा चिठी पठाएर स्पष्टिकरण मागेका थियौं, ओलीले जवाफ दिने आँट गरेनन्, आजै चिठी लेखेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को साधारण सदस्य समेत नरहने गरी केपी ओलीलाई निष्कासन गर्दैछौं ।

प्रतिक्रिया दिनुहोस्