पत्रकारले सभ्यता भुलेर ‘तिमी’ शब्द प्रयोग गरे : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यममा पत्रकारले तिमी शब्दको प्रयोग गर्ने गरेकोप्रति आपत्ति जनाएका छन् । उनी निकट प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको भेलामा प्रधानमन्त्री ओलीले पत्रकारले आफ्नो सभ्यता भुलेर तिमी शब्द प्रयोग गर्ने गरेको बताए ।

नेपली पत्रकारले अंग्रेजहरुको नक्कल गरेर आफ्नो सभ्यतालाई भुल्न खोजेको ओलीको दाबी छ । अंग्रेजहरुले आफ्नो सभ्यतालाई विश्वभर फैलाउन चालेको चाललाई नेपालका पत्रकारले अनुशरण गरेको उनले बताए ।

तपाईहरु अंग्रेजको सिकेर तपाई कसैलाई पनि भन्नुहुन्न । हामी तपाईवाला होइन ‘यू’ वाला हो ‘यू’ । ‘यू’ भन्या तिमी । गज्जब छ हाम्रो नक्कलीबाजी । बीबीसीले ‘यू’ भदिन्यो । ‘यू’को अनुवाद गरेर तिमी चलाइदियो । उसलाई त हाम्रो सभ्यता, संस्कार, भाषामाथि हमला गर्नुछ भन्दियो । हामीले आफुभन्दा ठूलालाई तपाई भन्नुपर्छ भन्ने संस्कृतिलाई भुल्यौं । तर हामी फर्किनुपर्छ, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्