विष्णु पौडेलले भने : ‘अदालतले जे निर्णय गर्छ स्वीकाछौं’



काठमाडौं । नेकपा (ओली समूह)का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । आफ्नो समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन गर्दै पौडेलले सर्वोच्च अदालतको फैसला भने स्वीकार गर्ने बताए ।

सर्वोच्च अदालतप्रति विश्वास छ, जे निर्णय गर्छ, स्वीकाछौं, पौडेलले भने । तर, अदालतमा प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने दलील पेश भइरहेको उनले बताए । सदनको बहुमतको समर्थन रहेकै बेला प्रधानमन्त्रीले संसद् विघटन गरेकाले पुनस्र्थापना नहुने पौडेलको तर्क छ ।

पुनस्र्थापना हुँदा पनि नयाँ सरकार संसद्ले दिन नसक्ने भएकाले ताजा जनादेशमा जानुको विकल्प नभएको पौडेलको भनाइ छ । आगामी निर्वाचनबाट ओली समूहको नेकपाले बहुमत ल्याउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्