संवैधानिक इजलासमा न्यायाधीशले सोधे प्रश्न : संसद विघटनको सूचना किन राजपत्रमा प्रकाशित भएको छैन ?



काठमाडौं । संसद विघटन गर्ने राष्ट्रपति कार्यालयको सूचना राजपत्रमा प्रकाशित नभएको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा उठेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेर निर्वाचनमा जाने सूचना गारी गरेकी थिइन् । तर उक्त सूचना राजपत्रमा आफूले नदेखेको भनी अधिवक्ताहरुले इजलासमा प्रश्न उठाएका छन् ।

अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपतिले जारी गरेको विज्ञप्ति राजपत्रमा प्रकाशन भएको आफूले नदेखेको बताए । राष्ट्रपतिको कार्यालयको वेवसाइटबाहेक अन्त देखेको छैन, उनले भने ।

उनीपछि बहस गरेका अधिवक्ता टीकाराम भट्टराईलाई न्यायाधीश अनिलकुमार सिन्हाले संसद विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भन्ने आएको छ हो भनी प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्