
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघले संसद् विघटन विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेको छ । केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट युवा संघले बेलुन उडाएर विरोध जनाएको हो ।
संसद विघटन गर्ने काम चलाउ प्रधानमन्त्री केपी ओलीलाई प्रतिगामी भएको सन्देशसहित बेलुन उडाइएको नेता राजुविक्रम राईले बताए । संसद् पुनस्र्थापनाको माग सहित युवा संघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । बुधबार मोटरसाइकल ¥याली निकालिइएको थियो ।
दोस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेको छ ।





