
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल समूह)ले भोली शुक्रबार राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । त्यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको संघर्ष समितिले कार्यतालिका नै सार्वजनिक गरेको छ ।
संघर्ष समितिले प्रदेश, जिल्ला, जबस, मोर्चा संगठनहरुले विरोध प्रदर्शनमा तथा सभामा सहभागि गराउने भनी जानकारी दिएको संख्यामा नघटाई उपस्थित गराउनसमेत निर्देशन दिएको छ ।

शुक्रबार बिहान १०ः४५ बजे आफ्नो संगठनलाई छुट्याइएको आर्कमा अनिवार्य भेला हुन कार्यकर्ताहरुलाई भनिएको छ । जस अनुसार उपत्यकाका ९ ठाउँमा कार्यकर्ताहरु जम्मा हुने छन् । ति ठाउँको नेतृत्व केन्द्रीय नेताहरुले गर्ने छन् । ति ठाउँमा समयमै आइनपुगे अर्थ रहने ७ बुँदे निर्देशिकामा उल्लेख छ ।
हरेक संगठनलाई आफ्नो तर्फबाट कार्यक्रममा सहभागि हुन आउने सहभागिहरुको सवारी साधानको नम्वर, संख्या, नाम ठेगाना र फोन नम्बर बुझाउन भनिएको छ । कार्यक्रममा सहभागिहरु बस चढेपछि सूची तयार पारेर बुझाउन पनि भनिएको छ ।

उपत्यकाका ९ ठाउँबाट निस्कने जुलुसमा निर्धारित नारामात्र लगाउन भनिएको छ ।





