‘घिन्ताङ’ मा गौरवसँग रोमान्स गर्दै एलिजा



एलिजा गौतमको डिमाण्ड पछिल्लो समयमा म्यूजिक भिडियोमा मात्र नभएर चलचित्रमा पनि बढ्दो छ । उनले केहीसमय अघि दिपक श्रेष्ठ नयाँ चलचित्र घिन्ताङ साइन गरेकी थिइन् । चलचित्रमा उनी मात्र फाइनल भएकी थिइन् । अहिले चलचित्रका लागि गौरव पहारी पनि फाइनल भएका छन् । यसरी हेर्दा चलचित्रमा गौरव र एलिजाको रोमान्स देख्न सकिनेछ ।

चलचित्रका लागि सुरुमा अभिनेता विपिन कार्कीलाई अफर गरिएको थियो तर विपिनले समय दिन नसकेपछि चलचित्रमा गौरव अनुबन्धित भएका हुन् ।

सामाजिक कथामा निर्माण हुन लागेको चलचित्र केही समयपछि फ्लोरमा जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्