विघटनसँगै अन्तराष्ट्रिय शक्तिले नेपालमा चासो राख्नाले चिन्ता बढ्यो : डा.बाबुराम भट्टराई



जनता समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले सबै शक्ति एक भएर राष्ट्र र राष्ट्रियताका पक्षमा उभिनुपर्ने बताएका छन् ।

जसपाद्धारा टीकापुरमा भएको प्रतिनिधिसभा विघटन विरुद्धको विरोधसभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमनत्री डा.भट्टराईले यो विघटन संविधान र लोकतान्त्रिक गणतन्त्रको विघटन भएको तर्क गर्दै यसबाट तानाशाही प्रवृत्ति निम्तिने ठोकुवा गरे ।

जनमतको कदर गर्न पनि न्यायालयले न्याय गर्ने विश्वास व्यक्त गर्दै डा.भट्टराईले विघटनसँगै अन्तराष्ट्रिय शक्तिले नेपालको आन्तरिक मामिलामा चासो राख्न थालेको भनी चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्