प्रतिनिधि सभा विघटनविरुद्ध वडास्तरमै प्रदर्शन गर्न देउवाको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले बिहीबार देशभरका वडाबाट प्रदर्शन गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले बुधबार अपिल जारी गर्दै वडास्तरीय प्रदर्शनमा जुट्न निर्देशन दिएका छन् ।

सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध कांग्रेसले भोली माघ ८ गते बिहीबार ६ हजार ७ सय ४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु, देउवाले भनेका छन् । ‘

देउवाले प्रदर्शनलाई व्यापक बनाउन पनि आग्रह गरेका छन् ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ, उनले भने अब वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।

उनले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमत रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्