बाहिरको गतिविधिबाट अदालत प्रभावित हुँदैन : प्रधानन्यायाधीश जबरा



काठमाडौं । प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने बताएका छन् ।

संसद विघटनविरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा प्रधानन्यायाधीश जबराले बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन् ।

रिट निवेदक कन्चन कृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनस्र्थापना हुँदैन भनिरहेको बताए ।

उनलाई रोक्दै प्रधानन्यायाधीश जबराले भने, बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौं ।

प्रतिक्रिया दिनुहोस्