मिस नेवा:नेपाल फागुन पहिलो साता



काठमाडौं । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लिज फेशन होमले यस वर्ष पनि ‘मिस नेवा’: नेपाललाई निरन्तरता दिने भएको छ ।

नेप्लिज फेशन होमले आगामी फागुन ७ राजधानीको नेपाल प्रज्ञचा प्रतिष्ठानमा १५औं संस्करणको मिस नेवाः नेपाल ११४१ आयोजना गर्ने भएको छ।

‘मिस नेवा’:का प्रतिस्पर्धीहरुले वेष्ट स्कीन, वेष्ट हेयर र वेष्ट पर्सनालिटीका लागि आईतबार राजधानीको सुन्धरास्थित काठमाडौं मलमा अवस्थित ग्लो ब्युटि स्टुडियो काठमाडौँ मल पुगरे आफ्नो सुन्दरतामा थप आकर्षक बनाएका छन् ।

एनएफएच इभेण्टको सहकार्यमा ग्लो ब्युटि स्टुडियोले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रतिस्पर्धीहरुले आफुलाई थप सुन्दरी बनाउने प्रयास गरेका हुन् । कार्यक्रमको आयोजना गरेको हो ।

‘मिस नेवा’: का प्रतिस्पर्धीहरुलाई क्लिजिङ, हेयरवास, थेडिङ, फेसवासलगायतका सेवा दिइएको ग्लो ब्युटि स्टुडियोका म्यानेजिङ डाइरेक्टर तथ मोडल एवं अभिनेत्री दीपासा बिसिले जानकारी गराइन् । उनले सहभागी नेवार सुन्दरीहरुलाई ब्युटि टिप्सको कक्षा पनि दिइन् ।

सो अवसरमा आयोजक तथा नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले ‘मिस नेवा’: का प्रतिस्प्रर्धिहरुलाई ग्लो ब्युटि स्टुडियोले थप सुन्दर बनाई दिएकोमा धन्यवाद ज्ञापन गर्दै ब्युटि स्टुडियोको सहयोगले ‘मिस नेवा’: प्रतियोगितालाई थप बल मिल्ने बताइन्।

कार्यक्रममा नेपाल क्योकुशिन सेईसिनका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ शिहान अशोक कुमार श्रेष्ठ, ‘मिस नेवा’: नेपाल ११३९ की बिजेता नितु डंगोल तथा ‘मिस नेवा’:हरु प्रजिता श्रेष्ठ, युनिसा शाहीलगायत सहभागी थिए।

१५औं संस्करणको ‘मिस नेवा’: नेपाल ११४१ मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् । उनीहरुलाई विभिन्न विधामो तालिम र प्रशिक्षण दिइरहेको नेप्लीज फेशन होमकमी अध्यक्ष हेमा मानन्धरले जानकारी गराएकी छिन् । नेप्लीज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि ‘मिस नेवा’: नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल ‘मिस नेवा’: आयोजना गर्दै आएको छ ।

नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यी प्रतियोगिता आयोजना गर्दै आएको नेप्लीज फेसन होमकी अध्यक्ष मानन्धरले जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस्