कलंकित आमा : जसले आफ्नो भर्खर जन्मिएको बच्चालाई झाडीमा फ्याँक्न खोजिन्…



आमा बन्ने सपना हरेक महिलामा रहेको छ । कुनैपनि महिला आमा बनिनन् भने उनले आफ्नो जीवन नै अधुरो ठान्छिन् । सन्तानलाई सबैभन्दा बढी माया कसैले गर्छ भने त्यो आमा नै हुन् । तर सबै आमा एकनासका हुदैँनन् । केहीदिन अघि काठमाडौँमा एक महिलाले आफ्नो भर्खर जन्मिएको नवजात शिशुलाई झाडीमा फ्याकिन् ।

यस्तो जाडोमा आफ्नो भर्खर जन्मिएको शिशुलाई ती महिलाले झाडीमा कसरी फ्याक्न सक्छिन् ? तर उनी अपराध गरेर बच्न सकिनन् । गोरखा गण्डकी गाउँपालिका ४ घर भई पवित्रनगर बस्दै आएकी सुनिता परियारले आफ्नी छोरीलाई झाडीमा फ्याँक्न खोज्दा प्रहरीको टोलीले फेला पारेर आमा र बच्चा दुवैलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले ती महिलाले आफ्नै बच्चालाई किन फ्याँक्न खोजिन् भनेर यतिबेला प्रहरीले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्