प्रचण्ड–माधव समूहद्धारा संसद विघटनविरुद्ध मोटरसाइकल र्‍याली



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । यो समूहको जनसंगठनहरुले भृकुटीमण्डपबाट ¥याली निकालेको छ ।

मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत हुनेछ ।

त्यहाँ जनसंगठनका प्रमुखहरुले सम्बोधन गर्नेछन् । प्रचण्ड-माधव समूह संसद विघटन विरुद्ध चरणबद्ध आन्दोलनमा छ ।

जनसंगठन, पार्टी कमिटीहरुको आयोजना सभा, बैठक, भेला गरिरहेको यो समूहले माघ ९ मा शक्ति प्रदर्शनको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्