ओलीको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक लड्नुहोस् : प्रचण्ड



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकासलाई सहजीकरण गर्न जनताको अदालतमा जाने बताएका छन् ।

पेरिसडाँडामा आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जाने बताए ।

जनताको अदालतमा गएर संवैधानिक निकायहरुलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । यो दुर्भाग्यपूर्ण कुरा हो, उनले भने । प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाव दिने काम भइरहेकाले त्यसको खबरदारी गर्ने बताउँदै आएका छन् ।

उनले पार्टीभित्रका देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक लड्न आह्वान गरे । अहिलेको संविधानले नेपाली जनतामा सार्वभौमसत्ता निहीत भए पनि राजाको शैलीमा संसद् विघटन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्