प्रदेश १ को पहिलो बैठक तीन मिनेट बसेर स्थगित



काठमाडौं । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी मत्र पढेर बैठक स्थगित गरिएको हो । ।

त्यसअघि राष्ट्रिय गान बजाइएको थियो । प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुखले बैठक स्थगित भएको जानकरी दिए ।

नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय यसअघिनै गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्