काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त



काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गरेका हुन् ।

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो ।

प्राध्यापक संघले भने उपकुलपति सिफारिस भएका तीनै व्यक्तिको योग्यता र मापदण्डबारे प्रश्न उठाएको थियो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वको सर्च कमिटीले काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपतिमा तीन व्यक्तिको नाम सिफारिस गरेपछि संघले त्यसबारे प्रश्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्