
काठमाडौं । कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश गरेको छ । सरकारको निर्णय तत्कालका लागि रोक्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । अधिवक्ता डा.पुण्यप्रसाद खतिवडाले कृषिमा वैदेशिक लगानी रोक्न पर्ने माग गर्दै रिट दायर गरेका थिए ।





