प्रतिनिधि सभा विघटनका विरुद्धमा सशक्त आन्दोलन गर्न सुर्खेत बासिहरुलाई माधव कुमार नेपालको अनुरोध



खगेन्द्र हमाल, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी नेकपाले सुर्खेतमा माघ ८ गते प्रतिनिधि सभा विघटनका विरुद्धमा सशक्त सडक संघर्षका कार्यक्रमहरु गर्ने भएको छ । यस अघि कर्णाली प्रदेशमा क्रमशः ८,९,१० कार्यक्रम हुने मिति पार्टीले तय गरेको थियो । काठमाडौमा ९ गते हुन गईरहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको बृहत् कार्यक्रमले ९ र १० गतेका कार्यक्रमहरु स्थगित गरिएको प्रदेश कमिटी सदस्य रानाले बताए ।

२०७७ पौष ५ गते प्रधानमन्त्रीद्धारा गरिएको प्रतिनिधिसभा विघटन असंबैधानिक र यो नेपाली जनताको हित विपरीत हो । यसको विरुद्धमा सडक संघर्ष र जनदबाब बाट मात्रै यो कदम सच्याउन सक्ने भएकोले नेकपाले सडक संघर्षका कार्यक्रमहरु गर्ने भएको सदस्य रानाले बताए । १७ हजार नेपाली जनताको बलिदानिबाट प्राप्त यस व्यवस्थाको रक्षाका निम्ति जनताको समर्थनमा र जनदबावबाट मात्रै प्रधानमन्त्रीले चालेको असंबैधानिक कु लाई सच्याउन सकिने भएकोले सडकबाट नै यसलाई सच्याउन आफ्नो पार्टी निरन्तर सडक संघर्षका कार्यक्रमहरु गर्ने भएको बताए ।

प्रदेश कमिटी सदस्य रानाले भने हजारौं सहिद, लाखौ कार्यकर्ता, लाखौं लाख जनताको बलिदानबाट स्थापित व्यवस्थाको विरुद्ध चालिएको असंबैधानिक कदमका विरुद्ध लोकतान्त्रिक गणतन्त्र एवंम समावेशी व्यवस्थाको रक्षा गर्नका निम्ति यो कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त बिरोध र्‍याली सभालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख वक्ता रहेका छन । त्यसैगरी अर्का वक्ताका रुपमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी ईन्चार्ज जनार्दन शर्मा, स्थायी कमिटी सदस्य शक्ति बस्नेत लगायतको उपस्थित रहने जानकारी दिए । पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले उक्त कार्यक्रममा उपस्थितिका लागि सुर्खेत बासिहरुलाई अनुरोध व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्