प्रतिनिधि सभा विघटन मुद्दा : संवैधानिक इजलासले तोक्यो वकिललाई समय



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरुमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । आज रिट निवेदकका तर्फबाट पहिलो बहस बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले गरेका छन् ।

इजलासले ज्ञवालीलाई बहसका लाग ३० मिनेटको समय तोकिदिएको छ ।

यसअघि इजलासमा वकिललाई बहसको समय तोकिएको थिएन । एउटै वकिलले घन्टौं बहस गर्न थालेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए तर समय तोकेका थिएनन् ।

‘आजदेखि हामीले समय निर्धारण गरेका छौं, समयभित्रै रहेर बहस गर्नुहोला तपाईंको लागि आधा घण्टा समय छ, बहस सुरु गर्नुहोस्, ज्ञवालीले बहस गर्नुअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने ।

रिट निवेदकका तर्फबाट राढे ३ सय वकिलले बहसका लागि निवेदन दिएका छन् । संवैधानिक इजलासमा आइतबारदेखि प्रतिनिधि सभा विघटनका मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्