
आज काठमाडौँका केही स्थानमा बिजुली काटिने भएको छ । ललितपुरको बालकुमारी खन्ना गार्मेन्ट, हनुमन्ते करिडोर, नमस्ते पम्प आसपासका क्षेत्रमा ३ देखि ४ बजेसम्म १ घण्टाका लागि बिजुली काटिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
यस्तै लुभु एकको फिडर अन्तर्गत पर्ने बालकुमारी खरिबोट नजिकै रहेको एसियन पेन्ट्स नेपालको ट्रान्सपरमर जलेकोले सो ट्रान्सफरम मर्मतको लागि सटडाउन गर्नुपर्ने भएकाले एक घण्टा बिजुली जाने प्राधिकरणले जनाएको छ ।
त्यसका साथै काठमाडौँको सुकेधारा, चण्डोल, महाराजगंज, विशालनगर, चप्पल कारखाना, लोसाल आसपास १ बजेदेखि २ बजेसम्म बत्ती जाने बताइएको छ ।
सो क्षेत्रको ओम फिडर अन्तर्गतको कुमारी मन्दिर एरियामा ट्रान्सफरमर इन्स्टलेसन गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरणले स्पष्ट पारेको छ ।





