आज फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति ?



आज सुनको मूल्य फेरि बढेको छ । मगंलामा छापावाल सुन ९२ हजारमा कारोबार भैरहेको थियो । आजभने ५ सय बढेर छापावाल सुन तोलामा ९२ हजार ५ सयले कारोबार भैरहेको छ ।

यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मगंलबार तोलमा १ हजार २ सय ४५ ले कारोबार भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार २ सय ६० ले कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्