संविधानको हत्या भयो भने विद्रोह र विरोध भइरहन्छ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र आफूहरुका बीचम समझदारी हुने विश्वास गरेका छन् ।

कांग्रेस निरन्तर रुपमा लोकतान्त्रिक प्रणालीमा रहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक कदम विरुद्धमा कांग्रेससँग आफूहरुको समझदारी हुने उनले बताएका छन् ।

प्रचण्डले मंगलबार बेलुकी पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तर्वार्ता दिँदै केही दिनमा लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिने पनि बताएका छन् । संविधानको हत्या भयो भने विद्रोह र विरोध भइरहने उनको भनाइ छ ।

केही दिनअघि प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेका थिए । उक्त प्रसंगमा प्रचण्डले आफूहरु, कांग्रेस र जसमा संविधान र लोकतन्त्र बचाउन मिलेर जानुपर्ने बताएका छन् ।

आफू संसदीय दलको नेता भए पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने नरहेको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्